पत्रकार सिंहमाथि आक्रमणको छानबिन गर्न समिति गठन « Khabarhub

पत्रकार सिंहमाथि आक्रमणको छानबिन गर्न समिति गठन


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल प्रेस युनियन सुदूरपश्चिमले नेपाल पत्रकार महासंघ बझाङका दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ललितबहादुर सिंहमाथि भएको आक्रमणको छानबिनका लागि अध्ययन समिति गठन गरेको छ । 

प्रेस युनियनको सुदूरपश्चिम प्रदेश कार्यसमितिले बिहीबार महासचिव हरिश भट्टको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा प्रेस युनियन डडेल्धुराका पूर्व अध्यक्ष धनबहादुर भण्डारी र बझाङका अध्यक्ष अशोक खड्का सदस्य रहेका छन् । 

अध्ययन टोलीलाई बझाङमा प्रेस युनियनका नेताहरू तथा सरोकारवाला सबै पक्षहरूसँग समन्वय र छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश प्रदान गरिएको छ । 

माघ २८ गते राती पत्रकार सिंहमाथि आक्रमण भएको थियो । आक्रमणकारीले प्रहार चक्कु लागेर उनको निधारमा गहिरो चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई बझाङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ३० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको