अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै | Khabarhub Khabarhub

अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरूले बताएका छन् ।

आज सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक  अन्तरक्रिया गरिएको थियो ।

भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको अन्तरक्रियामा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल भएको थियो । कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन्।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै प्रत्येक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताइन्। अन्य सहभागीले डिजिटल शिक्षाका बारेमा सबैलाई जानकारी हुनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नगर्नु भन्न नसकिने उल्लेख गरिन्। उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। 

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटको सुरक्षित प्रयोगका लागि राज्यको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। साथै सरोकारवाला सङ्घसंस्थाले आआफ्नातर्फबाट सहकार्य गरी सुरक्षित समाज निर्माणमा सहकार्य गर्नु आजको आवश्यकता भएकामा जोड दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ५८ बजे

 जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

चितवन– चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा

पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको

हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल हवाई सेवा प्राधिकरणको

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

गण्डकी– नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका

पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लालवीर चौधरीले सरकारले