पोखरा म्याराथनमा २१ देशका १० हजार धावक « Khabarhub

पोखरा म्याराथनमा २१ देशका १० हजार धावक


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पोखरा – १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ मा २१ देशका १० हजार धावक दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरूङका अनुसार खुला म्याराथन (४२.१९५ किमी) मा २१ देशका ८० विदेशीसहित १ सय ५० जनाले भाग लिनेछन्। हाफ म्याराथन (२१.०९७ किमी) पुरुष र महिलातर्फ गरी १ सय ५० जना खेलाडी सहभागी हुनेछन्।

१० किमी दौडमा ४ सय २०, ५ किमी भेट्रान्सतर्फ ६० तथा छात्र/छात्रातर्फ २ हजार ४९५ जनाले नाम दर्ता गराएका छन्। ‘रन फर फन’ मा करिब ७ हजार सहभागी हुनेछन्।

फागुन ३ गते पोखरा रंगशालाबाट सुरु हुने म्याराथनका विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। कुल २१ लाख ३४ हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम छ।

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गरिसकिएको छ। सफल दूधले म्याराथनको मुख्य प्रायोजन गरेको छ। मञ्चले पोखरामा दौड संस्कृतिको विकासका लागि साप्ताहिक तथा मासिक दौड आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : १९ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।