पोखरा म्याराथनमा २१ देशका १० हजार धावक « Khabarhub

पोखरा म्याराथनमा २१ देशका १० हजार धावक


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पोखरा – १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ मा २१ देशका १० हजार धावक दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरूङका अनुसार खुला म्याराथन (४२.१९५ किमी) मा २१ देशका ८० विदेशीसहित १ सय ५० जनाले भाग लिनेछन्। हाफ म्याराथन (२१.०९७ किमी) पुरुष र महिलातर्फ गरी १ सय ५० जना खेलाडी सहभागी हुनेछन्।

१० किमी दौडमा ४ सय २०, ५ किमी भेट्रान्सतर्फ ६० तथा छात्र/छात्रातर्फ २ हजार ४९५ जनाले नाम दर्ता गराएका छन्। ‘रन फर फन’ मा करिब ७ हजार सहभागी हुनेछन्।

फागुन ३ गते पोखरा रंगशालाबाट सुरु हुने म्याराथनका विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। कुल २१ लाख ३४ हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम छ।

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गरिसकिएको छ। सफल दूधले म्याराथनको मुख्य प्रायोजन गरेको छ। मञ्चले पोखरामा दौड संस्कृतिको विकासका लागि साप्ताहिक तथा मासिक दौड आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : १९ बजे

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि