आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २९ गते बिहीबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि। आज फागु पर्व रङ दलेर पहाडमा उत्सवका साथ मनाइदै छ। तदनुसार सन् २०२५ मार्च १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। साढे सातको प्रभाव भए पनि शुभग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ।

सिंह : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

तुला : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फाइदा अरुले लिने जोखिम छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।

वृश्चिक : दिन सामान्य छ। शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। जसले तपाईंको मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : लगानीका क्षेत्रमा घाटा हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल भए पनि मन अशान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका तर्फबाट प्राप्त सेवाका अवसरको सदुपयोग गर्नुपर्नेछ।

कुम्भ : एकल निर्णय आजको लागि तपाईंलाई घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। औषधी नियमित नगर्दा रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ५ : ०३ बजे

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा