पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित « Khabarhub

पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । तर काठमाडौं उपत्यकाका अधिकांश ठूला क्याम्पसहरूमा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचन मण्डलले मनोमानी ढङ्गले  सर्वदलीय बैठक नै नराखी र निर्वाचन अधिकृतको अनुपस्थितिमै निर्वाचन कार्यक्रम अघि बढाएकाले तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका एक नेताले बताए। निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमतिविना मनोनयन पत्र बाँडिएको उनको आरोप छ । 

उनले बिदाको दिन नोमिनेसन राखेर जबरजस्ती एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएकाले तालाबन्दी गरिएको बताए । माग पूरा नभएसम्म ताला नखोल्ने उनको भनाइ छ ।

यसैबीच पद्मकन्या क्याम्पसमा गएराति होस्टेलका विद्यार्थीहरूलाई एउटा समूहले लगेको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : ५१ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ