स्ववियु निर्वाचनपछि अभियानमा फर्किँदै माओवादी  | Khabarhub Khabarhub

स्ववियु निर्वाचनपछि अभियानमा फर्किँदै माओवादी 


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्ववियु निर्वाचनपछि अभियानमा फर्कने माओवादीको तयारी काठमाडौं–नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’मा स्ववियु निर्वाचनपछि फर्कने भएको छ । 

फागुन २५ गते काठमाडौंमा राजावादीहरूले सडक आन्दोलन गर्ने सूचना  पाएपछि अभियान रोकेर काठमाडौं फिर्ता भएका नेताहरू स्ववियु निर्वाचनपछि  अभियानमा  फर्कन लागेका हुन् ।  

‘तराई–मधेस जागरण अभियान’का क्रममा रौतहटको कार्यक्रम सकेर उनीहरू काठमाडौं फिर्ता भएका थिए । पार्टी महासचिव देव गुरुङका अनुसार अब रोकिएको स्थानबाट कार्यक्रमले निरन्तरता पाउने छ । माओवादीले आफ्नो शक्ति विस्तार गर्न ०८४ लक्षित अभियान गरिरहेको छ  । 

‘स्ववियु निर्वाचनपछि अभियानमा फर्कने भनेका छौँ । निर्णय भएको छैन ।’ महासचिव गुरुङले खबरहबलाई भने, ‘पुनः निर्धारित कार्यक्रम अनुसार कञ्चनपुरसम्म नै पुगेर मिसन पुरा गर्ने छौँ ।’ 

०७९ को निर्वाचनपछि ०८० भदौ १७ देखि चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाइएको थियो । त्यसपछि विधान सम्मेलन गरेको थियो । 

तराई–मधेस जागरण अभियान सकेपछि पुनः २०८२ वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको कार्यक्रम छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  २ : ०७ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट