चैतका लागि वाणिज्य बैंकहरूको मुद्दतीतर्फको ब्याजदर हेरफेर, तीनवटाले घटाउँदा अन्यको यथावत « Khabarhub

चैतका लागि वाणिज्य बैंकहरूको मुद्दतीतर्फको ब्याजदर हेरफेर, तीनवटाले घटाउँदा अन्यको यथावत


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत महिनामा सञ्चालनमा रहेका तीनवटा वाणिज्य बैंक बाहेक अन्य सबैको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर फागुन महिनाकै यथावत हुने भएको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार नेपाल बैंक, लक्ष्मी सनराइज र हिमालयन बैंकले फागुन महिनाको तुलनामा चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका हुन भने अन्य सबै बैंकले यथावत राखेका छन् ।

फागुन महिनामा नेपाल बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ५.६ प्रतिशत रहेकोमा चैत महिनाका लागि ०.१ प्रतिशत घटाएर ५.५ प्रतिशत बनाएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले फागुन महिनामा कायम गरेको व्यक्तिगत मुद्दतीतर्फको ५.५ प्रतिशत ब्याजदरलाई घटाएर चैत महिनाका लागि ४.७५ प्रतिशत कायम गरेको छ । साथै, हिमालयन बैंकले फागुन महिनाको तुलनामा चैत महिनाका लागि ०.७५ प्रतिशतले ब्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।

अन्य सञ्चालनमा रहेका १७ वटा बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर फागुन महिनामा कायम रहेको दरलाई नै निरन्तरता दिएका छन् । जसमध्ये व्यक्तिगत मुद्दतीतर्फ एनआईसी एशियाको ६.६, एनएमबीको ६.६, नेपाल इन्भेष्टमेन्ट मेगाको ६.५, प्राइम कमर्सियलको ६.२५, स्टान्डर्ड चाटर्डको ६.२५, प्रभुको ६.१, सानिमाको ६.०५ र एभरेष्टको ६ प्रतिशत रहेको छ ।

त्यस्तै, चैत महिनाका लागि माछापुच्छ्रे ६, राष्ट्रिय वाणिज्यको ६, सिद्धार्थको ६, ग्लोबल आइएमईको ६, कुमारीको ६.०१, नविलको ५.७५, सिटिजन्सको ५.६५, कृषि विकासको ५.५१ र नेपाल एसबिआईको ५.५ प्रतिशत व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर तोकिएको छ । फागुन महिनामा बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ६.०१ प्रतिशत रहेकोमा चैत महिनामा भने ५.९३ प्रतिशत कायम हुने भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  २ : ३३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले