सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन « Khabarhub

सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

  
काठमाडौं– रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको पोशाकमा देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ।

पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केही घण्टापछि नै कुर्स्क क्षेत्रमा सेनाको पोशाकसहित भ्रमण गरेका थिए ।

युक्रेनले गत अगस्टमा रूसको कुर्स्क क्षेत्रमा कब्जा गरेको कम्तिमा ९० प्रतिशत क्षेत्र गुमाएको छ, यसको सेनालाई ठूलो सङ्ख्यामा रूसी र उत्तर कोरियाली पैदल सेनाले फिर्ता धकेलेको छ, जसलाई ठूलो सङ्ख्यामा विस्फोटकले भरिएका ड्रोनहरूले सहयोग गरेको बताइएको छ ।

पुटिनको कुर्स्कको भ्रमणले ह्वाइट हाउसको पक्षमा आफूलाई फिर्ता ल्याउन युक्रेनको पीआर सफलताबाट ध्यान विचलित गरेको देखिएको छ ।

अहिले विश्वले नै रूसले अमेरिकाको मध्यस्थतामा गरेको युद्धविरामका सर्तहरू स्वीकार गर्छ कि गर्दैन भनेर जान्न पर्खिरहेको बेला, पुटिनको यस भ्रमणले थप अन्योलता बढाएको छ ।

एकातिर युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी प्रतिनिधिमण्डल युक्रेनसँगको वार्ताको सन्देश लिएर मस्को पुग्नेक्रममा रहेका छन् भने अर्कोतिर अमेरिकाले वार्तापछि यस अघि युक्रेनलाई रोकेका सैन्य सहयोगलाई निरन्तरता दिन शुरु गरिसकेको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्तावलाई रुसले अस्वीकार गरेमा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन् ।
   

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ३ : २२ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न