माबोलाई मोसो दलेको प्रकरणमा पक्राउ दुईजना रिहा, ६ जनाको पक्राउ पुर्जी खारेज « Khabarhub

पाथिभरा केबलकार विवाद

माबोलाई मोसो दलेको प्रकरणमा पक्राउ दुईजना रिहा, ६ जनाको पक्राउ पुर्जी खारेज


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत दुईजना पहिचानवादी नेतालाई रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका तीनजनामध्ये दुईजना पहिचानवादी नेताहरूलाई प्रहरीले रिहा गरेको हो ।

मुक्कुमलुङ संरक्षणका लागि आन्दोलन गर्दै आएका खगेन्द्र माखिमले प्रहरी हिरासतमा रहेका विष्णु थाङ्देन र सुमन चेम्जोङ रिहा भएको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय सुनसरीले अरू थप ६ जना पहिचानवादी नेताको वारेन्ट फिर्ता लिएको पनि बताए । 

नेता माखेमका अनुसार जेन्टल लावती, अमर इजम, करुण राई, डम्बर लाबुङ, सीताराम राई (सिवाहाङ) र रमेश राईविरुद्ध जारी वारेन्ट सुनसरी प्रशासनले खारेज गरेको हो । सुनसरी प्रशासनले वारेन्ट जारी गरेर उनीहरूलाई फरार सूचीमा राखेको थियो । 

‘रिहाइ र वारेन्ट खारेज भएका सबैलाई बधाई, प्रहरीले गिरफ्तार गरिराखेका नेतृ सिर्जना बेघा रिहा हुन बाँकी छन्’, उनले भने, ‘ आज रिहा गर्न मानेन । ’उहाँलाई पनि तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

विवाद

जनता समाजवादी पार्टी (जसपा) नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङसहितले फागुन ६ गते केबलकार पक्षमा वकालत गर्दै आएका एकजनालाई मोसो दलेका थिए ।

ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा लागेका पदमचेन्जी माबोलाई धरानमा मोसो दलेपछि जसपा नेपाल धरानका उपाध्यक्ष चेम्जोङ पक्राउ परेका थिए । उनीसँगै अन्य नेता कार्यकर्ता पनि समातिएका थिए ।

माबोले मोसो दल्ने आठ जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । माबोको मोसो दल्ने ८ जनाविरुद्ध फागुन ७ मा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो । ।

माबोले मोसो दल्नेविरुद्ध आपराधिक उपद्रो ऐन अन्तर्गत किटानी जाहेरी दिएका थिए । पक्राउ परेका जसपा उपाध्यक्ष चेम्जोङले माबोलाई मोसो दलिरहेको अवस्थामा आफूले छुट्याएर अप्रिय घटना हुनबाट बचाएको बताएका थिए ।

गत फागुन ६ मा मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतलीलाइनमा कुटपिट गरी माबोलाई मोसो दलेका थिए ।

मोसो दल्ने घटनामा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । जसमा चेम्जोङसँगै विष्णु थाम्देन पनि पक्राउ परेर लामो हिरासत बसाइपछि रिहा भएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : २३ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा