पाकिस्तानमा रेल बन्धकबाट २५ जनाको शव बरामद | Khabarhub Khabarhub

पाकिस्तानमा रेल बन्धकबाट २५ जनाको शव बरामद


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन् ।

सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको दुई दिने उद्धार अभियानमा तीन सय ४० भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो । पृथकतावादी समूहले दक्षिणपश्चिमी बलुचिस्तानको पहाडी क्षेत्रमा दुर्गम रेलमार्गमा बम विस्फोट गरेर करिब चार सय ५० यात्रु बोकेको रेलमा आक्रमण गरेको थियो ।

अफगानिस्तान र इरानसँगको सीमा नजिकै बलुचिस्तानमा बाहिरी मानिसहरूले प्राकृतिक स्रोतहरू लुटेको आरोप लगाउने धेरै पृथकतावादी समूहमध्ये एक बलुच लिबरेसन आर्मी (बिएलए) ले उक्त आक्रमणको जिम्मा लिएको थियो ।

मृतकको सङ्ख्या फरक फरक आएको छ । सेनाले आधिकारिक बयानमा ‘२१ निर्दोष बन्धक’ विद्रोहीहरूद्वारा मारिएको र उद्धार अभियानमा चार सैनिक मारिएका बताएको थियो ।

बलुचिस्तानका एक रेलवे अधिकारीले बिहीबार बिहान २५ जनाको शव बन्धक स्थलबाट नजिकैको मच सहरमा रेलबाट लगिएको बताए ।

“मृतक १९ जना सैन्य यात्रु, एक प्रहरी र एक जना रेलवे अधिकारीका रूपमा पहिचान गरिएको छ भने चार जनाको शव अझै पहिचान हुन सकेको छैन”, नाम नछाप्ने सर्तमा ती अधिकारीले बताए ।

अपरेसनको निरीक्षण गर्ने एक वरिष्ठ स्थानीय सैन्य अधिकारीले विवरणको पुष्टि गरे । एक सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा मृतक सैनिकको सङ्ख्या यसअघि बन्धक बनाइएका २७ जना ड्युटी बाहिर रहेकासहित २८ रहेको बताएका थिए ।

घेराबन्दीबाट भागेका यात्रुहरूले सुरक्षामा पुग्न दुर्गम पहाडहरू हुँदै घण्टौँ हिँडेपछि विद्रोहीहरूले मानिसहरूलाई गोली हानेर मारेको देखेको बताए ।

प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले पनि बलोचिस्तान भ्रमण गर्ने अपेक्षा गरिएको उनको कार्यालयले जनाएको छ । बिएलएले रेलमा आक्रमण गर्न पहाडमा लुकेका ठाउँहरूबाट दर्जनौँ विद्रोहीहरू निस्किएपछि ट्रयाकमा भएको विस्फोटको भिडियो जारी गरेको छ ।

प्रायः सुरक्षा बल र प्रान्त बाहिरका जातीय समूहहरूलाई लक्षित गर्दै विगत केही वर्षमा पृथकतावादी समूहहरूद्वारा आक्रमणहरू बढेका छन् ।

सुरक्षा बलले गरिब बलुचिस्तानमा दशकौँदेखि विद्रोहसँग लडिरहेका छन् तर स्वतन्त्र सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२३ को तुलनामा गत वर्ष प्रान्तमा हिंसामा वृद्धि भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ४ : १२ बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।