लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना « Khabarhub

लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बिहीबार उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो ।

फागुन २१ मा दोषी ठहर गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवानासहित ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा ८ हजार रुपैयाँ जरिवाना दाखिला गर्नुपर्ने फैसला पनि भएको छ ।

गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई पनि दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला आएको छ ।

कानुनअनुसार लागुऔषध मुद्दामा २ देखि १० वर्षसम्म कैद र ‍१ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको जानकारी दिए ।

के थियो घटना ?

२०७९ असोज २४ गतेदेखि अघि बढेको यो मुद्दाको छिनोफानो अदालतले ५७ औँ पेशीमा टुंगो लगाएको हो ।

यस मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तासहित जितेन्द्र पासवान, रघुनाथप्रसाद धोबी, रामा गुप्ता भन्ने रामा साह र मन्टु भन्ने विवेकप्रसाद पाण्डे विपक्षी थिए । जसमध्ये गाउँपालिका अध्यक्ष गुप्तासहित दुई जना लागूऔषध कारोबारसम्बन्धी मुद्दामा कसुरदार ठहर हुँदै सजाय पाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । अध्यक्षमा विजयी माओवादीका गुप्ताले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार राजेन्द्र साहनीको पक्षमा ३ हजार ८ सय ६५ मत परेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ५ : ४१ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम