नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने | Khabarhub Khabarhub

नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीमा मार्च १७ देखि सुरू हुन गइरहेको राइसिना डायलगमा उनीहरूबीच भेटवार्ता हुने भएको हो ।

‘राइसिना डायलग कार्यक्रमका दौरान परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार त्यही अवसरमा अन्य मित्रराष्ट्रका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगमा सहभागी हुन राणा नयाँ दिल्ली पुगेकी छन् ।

झारखण्डस्थित बाबा बैद्यनाथ धामको दर्शन तथा पूजाआजापछि परराष्ट्रमन्त्री राणा बिहीबार नयाँ दिल्ली पुगेकी हुन् ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए ।

मन्त्री राणाले राइसिना डायलगमा ‘जलवायु परिवर्तनको अवस्था र समस्या’ तथा ‘दक्षिण के चाहन्छ’ नामक छुट्टाछुट्टै सत्रमा सहभागी भएर नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार परराष्ट्रमन्त्री राणाले ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि परराष्ट्रमन्त्रीले नयाँदिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मामार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटका लागि पहल गरिरहेको पनि समाचार आएको थियो । राजदूत शर्माले दुई नेताबीच भेटको वातावरण मिलाउन पहल गरिरहेको बताइए पनि यसको अझै पुष्टि भएको छैन । लामो सयमपछि दुई समकक्षीबीच भेट हुने भने पक्का भएको छ ।

गत असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएयता प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको न्यूयोर्कमा भारतीय समकक्षी मोदीसँग संवाद गरेका थिए ।

ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्यूयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा न्यूयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको थियो ।

त्यस भेटबाट पनि नेपाल-भारत सम्बन्धको चिसोपना नहटेको चर्चा छ । त्यहीकारण भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म समकक्षी ओलीलाई निम्तो पठाएका छैनन् । यसअघि ३ भदौमा भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

भेटमा परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी थिइन् । तर न त मोदीले अहिलेसम्म निम्तो स्वीकारेका छन् न त ओलीलाई नै बोलाएका छन् । भारतले निम्तो नदिएपछि ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमण गरेर बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर आइसकेका छन् ।

ओलीको उक्त कदमले दक्षिणी छिमेकी झनै बिच्किएको कूटनीतिज्ञहरूले टिप्पणी गर्दै आएका छन् । ओलीसँगै चीनबाट फर्किएपछि परराष्ट्र मन्त्री देउवा युरोप यात्रामा गएका बेला भारत पुगेकी थिइन् ।

युरोप हुँदै गत ४ पुसमा दिल्ली आइपुगेकी परराष्ट्रमन्त्री देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी थिइन् । नयाँ दिल्लीमा पुस ५ मा आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी थिइन् ।

त्यसबेला पनि उनले भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने कोसिस नगरेकी होइनन् । तर बीआरआई फ्रेमवर्क सम्झौता अघि बढेपछि चिढिएको दिल्लीले उनलाई समय दिएन । त्यसपछि उनी खाली हात फर्किइन् । अब फेरि उनी चैत पहिलो साता दिल्ली यात्रामा निस्किन लागेकी हुन् ।

उनले त्यहाँ रहँदा आगामी अप्रिल २- ४ सम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विम्स्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको वातावरणका लागि पनि लबिइङ गर्ने चर्चा छ । तर यसबारेमा नेपाल र भारत दुवै पक्षका अधिकारीहरूको औपचारिक धारणा आएको छैन ।

यसैबीच ११ फागुनमा द हिन्दुलाई दिएको अन्तर्वार्तामा मन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताइन। द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५ भित्र प्रधानमन्त्रीको भारत भ्रमण हुने आशा राखेको बताएकी थिइन् ।

त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा ‘साइडलाइन’ वार्ता हुने उनले बताएकी थिइन् । अप्रिलमा बैंककमा हुने बिम्स्टेक बैठकका दौरान प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउने परराष्ट्रमन्त्री राणाले बताएकी थिइन् ।

परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाले योसहित तेस्रो पटक दिल्ली भ्रमण गरेकी छन् । यस्तोमा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएको ढिलालाई दुई देशबीच तनाव नहटेको रुपमा ब्याख्या गरिएको छ । भारतबाट निम्तो नआएपछि प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक भ्रमण चीनबाट गरिसकेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : ०६ बजे

संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि