युरोपमा दादुराका बिरामी दोब्बरले बृद्धि « Khabarhub

युरोपमा दादुराका बिरामी दोब्बरले बृद्धि


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन – युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएर २५ वर्षयताकै उच्च भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बिहीबार जनाएको छ । सङ्गठनले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिएको छ ।

गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो । रोमानिया र कजाखस्तानमा क्रमशः ३० हजार ६९२ र २८ हजार १४७ जनामा सङ्क्रमण देखिएको थियो ।

डब्लूएचओका अनुसार युरोपका आधाभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ भने ४० प्रतिशत घटनामा पाँच वर्षमुनिका बालबालिका रहेका छन् । डब्लुएचओका युरोप निर्देशक हान्स क्लुजले भने, “दादुरा फेरि आएको छ र खोपको उच्च दर बिना यसको प्रकोपबाट सुरक्षा हुँदैन । यो एक जागृत आह्वान हो ।”

उनले खोप नलगाएका र नपाएका समुदायको सुरक्षाका लागि खोप अभियानलाई तीव्रता दिन आग्रह गरे । सन् २०२३ मा यस क्षेत्रका पाँच लाख बालबालिकाले खोपको पहिलो मात्रा पाएका थिएनन् ।

क्लुजले भने, “खोपको उच्च दर बिना स्वास्थ्य सुरक्षा हुँदैन।”दादुरा अत्यधिक सङ्क्रामक हुन्छ, यो श्वासप्रश्वासमार्फत फैलिन्छ र सङ्क्रमित व्यक्तिले कुनै क्षेत्र छोडेको दुई घण्टासम्म हावामा रहन्छ।

ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या दादुराको मुख्य लक्षण हो र यसले निमोनिया, मस्तिष्कको सूजन र मृत्युजस्ता गम्भीर जटिलताहरू पनि निम्त्याउन सक्छ।सन् २०२४ मा विश्वमा दादुराका एक तिहाइ बिरामी युरोपमा देखिएका थिए ।

सन् १९९७ मा दुई लाख १६ हजार सङ्क्रमित भएपछि युरोपमा दादुराको प्रकोप ह्वात्तै घटेको थियो र सन् २०१६ मा यो सङ्ख्या चार हजार ४४० पुगेको थियो । सन् २०१८ र २०१९ मा यो रोग फेरि बढेको र कोभिड–१९ को महामारीका बेला खोप अभियान रोकिएपछि सन् २०२३ देखि सङ्क्रमितको दरमा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : १२ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी