नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना « Khabarhub

नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७।१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनाएको थियो ।

नेपालका लागि कबिता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउदै ९१ रन बनाएको थियो ।

युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : ३२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना