चिनियाँ नीतिले तिब्बतमा अल्पसंख्यक भाषाहरू संकटमा « Khabarhub

चिनियाँ नीतिले तिब्बतमा अल्पसंख्यक भाषाहरू संकटमा


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिब्बत – प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र, भाषिक विविधताको केन्द्र रहँदै आएको छ। यहाँ तिब्बती भाषासहित करिब ६० वटा स्थानीय भाषाहरू बोलिन्छन्, जसले यस क्षेत्रलाई अनूठो भाषिक पहिचान दिएको छ। तर बेइजिङको नीति यी अल्पसंख्यक भाषाहरूलाई नष्ट गर्ने दिशामा केन्द्रित हुँदै गएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले जबरजस्ती म्यान्डारिन लागू गर्दै अन्य भाषाहरू दबाउन खोज्दा तिब्बतको भाषिक धरोहर संकटमा परेको छ।

हालैका घटनाहरू चिन्ताजनक छन्। डिसेम्बरमा एक तिब्बती गाउँ नेताको जेलमुक्त भएको तीन दिनमै मृत्यु भयो। उनको शरीरमा गहिरो यातनाका चिन्हहरू थिए। उनले तिब्बती भाषा संरक्षण अभियानमा सहभागिता जनाएका कारण दण्डित गरिएको बताइन्छ। यो घटनाले चीनद्वारा पछिल्लो ७५ वर्षदेखि तिब्बतमा भएको भाषिक दमनलाई झल्काउँछ। तिब्बतीहरू आफ्नो भाषा जोगाउन संघर्षरत छन्, तर सरकारी दबाबका कारण चुनौती थप बढ्दै गएको छ।

चिनियाँ सरकारले तिब्बती बालबालिकालाई राज्यद्वारा सञ्चालित आवासीय विद्यालयहरूमा पठाउने नीति लिएको छ, जहाँ उनीहरूलाई म्यान्डारिन सिकाइन्छ। तिब्बती भाषा केवल हप्ताको केही घण्टासम्म मात्र पढाइन्छ, जसले गर्दा नयाँ पुस्ताले आफ्नो मातृभाषाबाट टाढिँदै गएका छन्। २०२४ को एक अध्ययनअनुसार, तिब्बतमा भाषिक दमन सूक्ष्म रूपमा भइरहेको छ, जसमा चिनियाँ प्रशासन र अन्य तिब्बतीहरूबाटै भेदभाव भइरहेको देखिएको छ।

२००८ मा झीलिङ शहरमा चिनियाँ शासनको विरोधमा भएको ठूला प्रदर्शनपछि सरकारको दमन झन् कडा बन्यो। व्यापक गिरफ्तार, निगरानी, र तिब्बती पहिचानसँग सम्बन्धित गतिविधिमा कडाइ गरियो। यी कदमहरूले भाषिक र धार्मिक स्वतन्त्रतामा गम्भीर असर पार्दै निरन्तर असन्तुष्टिको वातावरण सिर्जना गरेको छ। सन् २००९ यता, १५० भन्दा बढी तिब्बतीहरूले चिनियाँ शासनको विरोधमा आत्मदाह गरिसकेका छन्।

तिब्बतको भाषिक विविधता केवल तिब्बती भाषामा सीमित छैन। यहाँका करिब २.५ लाख मानिसहरू अन्य ६० वटा भाषाहरू बोल्छन्। तर सरकारी नीतिले सबै तिब्बतीहरूलाई म्यान्डारिन बोल्न र प्रयोग गर्न बाध्य पार्दैछ, जसले तिब्बती भाषामात्र बोल्नेहरूलाई रोजगारी खोज्न कठिन बनाएको छ। त्यसमाथि, जातीय भेदभाव र हिंसाका घटनाहरू बढ्दै गएका छन्।

सरकारले तिब्बती भाषा सिक्न निजी ट्युसनसमेत प्रतिबन्ध लगाएको छ। यसले तिब्बती भाषाका साथै अन्य अल्पसंख्यक भाषाहरूलाई थप संकटमा पुर्याएको छ। उदाहरणका लागि, रेभगोंग ९च्भदनयलन० क्षेत्रमा बोलिने स्थानीय भाषा मानेगाचाको प्रयोग घट्दै गएको छ। हाल त्यहाँका झन्डै एक(तिहाइ परिवारले आफ्ना बालबालिकालाई तिब्बती सिकाउने गरेका छन्, किनभने उनीहरूलाई म्यान्डारिन सिक्नैपर्ने बाध्यता छ। सरकारी नीतिले यी भाषाहरूको सिकाइमा कुनै अवसर नदिएपछि, तिब्बतको भाषिक विविधता तीव्र रूपमा खतरामा परेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ३ : ०७ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य