अभिषेकको शतकमा हैदरावादको सानदार जित : ओपनरको १७१ रनको साझेदारी ! « Khabarhub

अभिषेकको शतकमा हैदरावादको सानदार जित : ओपनरको १७१ रनको साझेदारी !

पञ्जाब आठ विकेटले पराजित


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिषेक शर्माको सानदार ब्याटिङको शतकमा आईपीएलको शनिबार भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किङ्सलाई आठ विकेटले हराएको छ। पन्जाबले दिएको २४६ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि अभिषेक शर्माले १४१ रन जोडे। हैदरावादले ९ बल बाँकी रहँदा दुई विकेट गुमाउँदै २४७ रन बनायो।

अभिषेकको आईपीएलमा यो पहिलो शतक हो। साथै आईपीएल इतिहासमा यो तेस्रो ठुलो व्यक्तिगत स्कोर पनि हो। यस अघि सन् २०१३ मा क्रिस गेलले अविजित १७५ रन प्रहार गरेका थिए भने सन् २००८ मा ब्रेन्डन म्याककुलुमले अविजित १५८ रन प्रहार गरेका थिए।

१७ औँ ओभरको दोस्रो बलमा आर्सदीप सिंहको बलमा आउट भएका प्रारम्भिक ब्याट्सम्यान शर्माले ५५ बलको सामना गर्दै १४ चौका र १० छक्का प्रहार गरे। ट्रेभिस हेडले ३७ बलमा ६६ रन जोडे। यी दुईले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे। आईपीएल इतिहासमा कुनै पनि विकेटका लागि भएको यो दोस्रो उत्कृष्ट साझेदारी हो।

अभिषेकले दुई पटक जीवनदान पाएका थिए। ४० बलमा शतक प्रहार गरेका अभिषेकले खुसी मनाउने क्रममा बगलीबाट ‘दिस वान इज फर द अरेन्ज आर्मी’ लेखको कागज झिकेका थिए। २८ रन जोडेको समयमा यास ठाकुरको बलमा छक्का प्रहार गर्दै नहेल बाधेराले क्याच लिए पनि अम्पायरले नोबल घोषणा गरेका थिए। ५७ रन जोडेको समयमा युजभेन्द्र चावलले आफ्नै बलमा अभिषेकको क्याच लिन सकेनन्। अभिषेक प्लेयर अफ द म्याच घोषित भए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतिमा २४५ रन जाडेको हो। पन्जाबका कप्तान श्रेयास ऐयारले ३६ बलमा ८२ रन जोडे। उनको पारीमा ६ चौका र ६ छक्का समावेश थियो। प्रभ्सिरमन सिंहले ४२ रनको योगदान गरे। प्रियांश आर्यले १३ बलमा नै ३६ रन जोडे।

मार्कोस स्टोनिसले ११ बलमा ३४ रनको योगदान गरे। उनले मोहम्मद सामीलाई लगातार चार छक्का प्रहार गरेका थिए। हैदरावादविरुद्ध चार ओभरमा ४२ रन खर्चे पनि चार विकेट लिए। चार ओभरमा ७५ रन खर्चिएका सामी भने आईपीएलको इतिहासका दोस्रो महँगो बलर साबित भए।
लगातार चार पराजयपछि जित हात पारेको हैदरावाद चार अंकसहित आठौँ स्थानमा छ। पञ्जाव भने ६ अंकसहित छैटौँ स्थानमा झरेको छ।

शनिबार नै भएको खेलमा लखनउ सुपर जेन्ट्सले गुजरात टाइटानलाई विकेट विकेटले हराएको थियो। तालिकामा चार खेल मात्र खेलेको दिल्ली क्यापिटल शतप्रतिशत जित सहित शीर्ष स्थानमा छ। ६ खेल खेलेको गुजरात दोस्रो तथा लखाउन तेस्रो स्थानमा छन्। यी दुवैको ८ अङ्क छ। कलकत्ता ६ अङ्क सहित चौथो स्थानमा छ। पाँचै स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र पञ्जाव दुवैको ६ अङ्क छ। यी दुवैले ५ खेल खेलेका छन्।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ३० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको