दुई गोलले पछाडि परेको सिटीको कमब्याक जित « Khabarhub

दुई गोलले पछाडि परेको सिटीको कमब्याक जित


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई गोलले पछाडि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसीपको शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ५-२ ले हराएको छ। सिटीको घरेलु इत्तेहाद रङ्गशालामा भएको खेलमा एबराची एजे र क्रिस रिचार्डले २१ मिनेटमा नै त्रिस्टल प्यालेसका लागि दुई गोलको अग्रता दिलाएका थिए।

केभिन डे ब्रायनले ३३ औँ मिनेटमा सानदार फ्रिकिक प्रहार गर्दै सिटीलाई खेलमा फर्काए। ३६ औँ मिनेटमा ओमार माउमोसले गोल गर्दै खेल बराबरीमा फर्काए। पहिलो हाफ बराबरीमा सकिएको खेलमा माटो कोभासिकले दोस्रो हाफको सुरुवातमा नै सिटीलाई अग्रता दिलाएका थिए।

दुई राम्रो अवसर गुमाएका जेम्स म्याकएटी ५६ औँ मिनेटमा गोल गरे। निको ओ रेलीले अन्तिम गोल गरे।

शनिबार भएका अन्य खेलमा दोस्रो स्थानको आर्सनल र ब्रेन्टफोर्डबीच १-१ गोलको बराबरी भयो। तेस्रो स्थानमा रहेको नटिङघम भने एभरटनसँग १-० ले पराजित भएको छ। रेलिगेसनमा परिसकेको साउथहाम्टनलाई अस्टन भिल्लाले ३-० ले हरायो। ब्रिङटन र लिचेस्टर सिटीले २-२ गोलको बराबरी खेले। तालिकामा ३१ खेल खेलेको लिभरपुलको ७३ तथा ३२ खेले खेलेको आर्सनल ६३ अङ्क छ।

फरेस्टको ५७ तथा सिटीको ५२ अङ्क छ। भिल्ला ५४ अङ्कसहित पाँचौँ स्थानमा छ। ३१ खेल मात्र खेलेको चेल्सी तथा ३० खेल खेलेको न्यु क्यासलको ५३ अङ्क छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ०० बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले