पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’ « Khabarhub

पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा शनिबार तनाव बढेसँगै जारी भएको ‘कर्फ्यू’ आदेश आइतबार दिउँसो १२ बजेसम्म जारी गरेको छ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताएका हुन्।

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ। जसअनुसार पूर्वः भेडियाही चौक- वीरगञ्ज महानगरपालिका-१५, पश्चिमः सिर्सिया पुल-वीरगञ्ज महानगरपालिका-२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो। यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका-१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट- वीरगञ्ज महानगरपालिका-१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ। यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ०८ बजे

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल