टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतको फाइनल भिडन्त आज « Khabarhub

टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतको फाइनल भिडन्त आज


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

फाइनल खेल हङकङको मङ कोक क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन्। यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो।

चार अङ्क बनाएको कुवेत तेस्रो स्थानमा रहँदै नेपालसँग फाइनल प्रतिस्पर्धाका लागि तयार भएको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

दोस्रो खेलमा कुवेतले नेपाललाई दिएको १८६ रनको चुनौतीपूर्ण लक्ष्य १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

समान खेलबाट तीन अङ्क बनाएको हङकङ तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानका लागि आयोजक हङकङ र कतारले अहिले प्रतिस्पर्धा गरिरहेका छन्। कतारले टस जितेर फिल्ड रोजेपछि हङकङले ब्याटिङ सुरु गरेको हो।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : २८ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका