ओख्रेको शहीदगेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति « Khabarhub

ओख्रेको शहीदगेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको ओख्रेस्थित शहीदगेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त तीन करोड ८८ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति थालिएको हो ।

पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत शहीदगेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ । हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिए । अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–शहीदगेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये शहीदगेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ ।

अध्यक्ष राईका अनुसार गाउँपालिकाको पहलमा लागतमा पहिलो खण्डको काम भइरहेको छ । धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त तीन करोड ८८ लाख लागत सडक स्तरोन्नति थालेका छौँ । उक्त सडकको अन्य दुई खण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताए । पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म २० लाख बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा दुई करोड पाँच लाख लागतमा स्तरोउन्नति गरिने अध्यक्ष राईले बताए ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडकको स्तरोन्नति थालिएपछि स्थानीयवासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताए । सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवनमा सहजता हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ४४ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका