दमकको जनजागरण सभामा एमालेको १२ लाख ६५ हजार खर्च « Khabarhub

दमकको जनजागरण सभामा एमालेको १२ लाख ६५ हजार खर्च


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा शनिबार गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ ।

गणतन्त्र र संघीयताविरोधी हर्कतको विरोधमा आयोजित सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक नयाँ अभ्यास भएको बताए ।

‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो’, उनले भने, ‘यसकलाई निरन्तरता दिइने छ । उनले वडा-वडाबाट आफैंले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थल आएको बताए ।

इन्चार्ज राईले यो कार्यक्रमका क्रममा सरकारसँग एक रुपैयाँ पनि नलिएको बताए ।

‘हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठूला ठूला सभा गर्न सक्छौँ’, उनले भने । दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको उनको तर्क छ। एमालेको सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको पनि उनले बताए ।

राईले सभाका क्रममा मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताए ।

यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविधमा १ लाख रुपैयाँ खर्च भएको बताए। स्वयम्-सेवकहरूको टोपी एमाले सुनसरीले उपलब्ध गराएको थियो ।

एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए । सभामा प्रदेशका विभिन्न जिल्लाबाट हजारौँ सहभागी थिए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : १९ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई