आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएन : नेता महर | Khabarhub Khabarhub

आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएन : नेता महर


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरलाई ध्यानाकर्षण गर्न सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग कुरा गर्दै उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समय देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विगतको सरकारसँगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।’

मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्री परिषद्को बैठक राखेर टुङ्ग्याइनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप क्रियाशीलता खाँचो रहेको  र देशको वर्तमान परिस्थितिको आङ्कलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता संवाद गरेर निष्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ०८ बजे

नाइजेरियाको प्लेटो राज्यमा हिंसात्मक आक्रमण, ४७ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई

प्रचण्डले भने : माओवादी केन्द्र जनताप्रति इमानदार पार्टी हो

नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

तस्करी गिरोहबीचको विवादका कारण सुनसरीमा गोली चलेको पुष्टि

सुनसरी – सुनसरी देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा आज साँझ गोली

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

मुस्ताङ – विसं २०८१ मा चार हजार एक सय ३६

वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

नवलपरासी – पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको