देउवा भन्छन्- सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको महत्त्वपूर्ण « Khabarhub

देउवा भन्छन्- सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको महत्त्वपूर्ण


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् । 
 
पार्टीको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज  आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

‘मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, मुलुकले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको छ,’ देउवाले भने । 

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मूल्य मान्यतालाई स्वीकार गरेर हार्दिकता प्रदर्शन गरिरहेको बताए । 

 केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पुर्‍याएको योगदान बिर्सन सकिँदैन भने । 

अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति,समुदायबीचको एकताबाटै देशको विकास गर्न सकिने बताए । 

त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको पहिचान भएको बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ४६ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि