देउवाले भने- शिक्षकका माग पूरा गर्न सरकार तयार हुनुपर्छ « Khabarhub

देउवाले भने- शिक्षकका माग पूरा गर्न सरकार तयार हुनुपर्छ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

उनले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जिकिर गरे ।

त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे । अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए ।

उनले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको बताए ।

उनले देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको पनि बताए । ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ,’ सभापति देउवाले भने ।

सभापति देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । उनले कांग्रेसको विधान समावेशी समानुपातिक रहेको र पार्टीमा मुश्लिम समुदायबाट पनि ठूला–ठूला नेता रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ४३ बजे

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’

निर्वाचनका लागि मोरङमा तयारी पूरा

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी

मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको  दुई स्थानमा आज बिहान दुई वटा गाडीमा

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन