निर्वाचनका लागि मोरङमा तयारी पूरा « Khabarhub

निर्वाचनका लागि मोरङमा तयारी पूरा


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । 

मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, घेराबारा लगायत सामग्रीहरू सम्बन्धित मतदान केन्द्रमा पठाइएको छ भने मतदान स्थल निर्माण गर्ने कार्य पनि सुरु भएको छ । 

फागुन २० गते सम्म सबै मतदान स्थलहरूमा मतदान केन्द्र बनाई सक्ने तयारी रहेको छ । मतदान अघि नै राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा मतदान स्थलको मुचुल्का, मौन अवधि र अन्य सुरक्षाका विषयमा सहमति गरी सूचना निकाल्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई एकीकृत सुरक्षा योजना अनुसार गाँउगाँउमा परिचालन गरिएको छ । 

मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ८ सय ९० वटा मतदान केन्द्रहरु राखिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : १७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा