कुवेतसँग ३ रनले पराजित हुँदै नेपालले गुमायो उपाधि « Khabarhub

कुवेतसँग ३ रनले पराजित हुँदै नेपालले गुमायो उपाधि


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार देशीय टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल चुकेको छ । केवल तीन रनले नेपाल पराजित हुँदा उपाधि कुवेतको पोल्टामा गएको हो ।

हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कवेतले दिएकाे १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधि गुमाउन पुगेको हो ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भयो । नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अरु कसैले गतिलो प्रदर्शन गर्न सकेनन्।

बसिरले सर्वाधिक ८० रन बनाए पनि जित दिलाउन सकेनन् । ४३ बल खेलेका उनले आठ चौका र चार छक्का हाने ।

नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए । यस प्रदर्शनबाट नेपाल उपाधिजिक थियो। तर, अन्तिम तीन बलमा तीन रन चाहिँदा क्लिन्टो एन्टोबाट बसिर क्याच भएसँगै उपाधि गुम्यो ।

कुवेतले यसअघि नेपालसामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो ।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । 

क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे । 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : १२ बजे

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’

निर्वाचनका लागि मोरङमा तयारी पूरा

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी

मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको  दुई स्थानमा आज बिहान दुई वटा गाडीमा

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन