वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला « Khabarhub

वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा शनिबार निकालिएको शोभा यात्रामाथि ढुङ्गा प्रहार गरी कार्यक्रम बिथोलिएको घटनाको विरोधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले गृहमन्त्री रमेश लेखेको पुत्ला जलाएको छ ।

प्रदर्शनका सहभागीहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले उक्त घटनाका क्रममा गृह मन्त्रालयको निष्क्रियताबारे आक्रोश प्रकट र्दै गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । त दहन गरेका थिए ।

प्रदर्शनका क्रममा ‘सर्वपक्षीय बैठकको नाटक बन्द गर’, ‘जिहादी आतंकवाद मुर्दावाद’, ‘दोषीलाई तत्काल गिरफ्तार गर’सहितका नाराबाजी भएको थियो ।

राष्ट्रिय एकता अभियानका प्रतिनिधि वीरगञ्जको घटनालाई सामान्य मान्न नसकिने बताए । ‘यो घटना कुनै साधारण होइन, यो धार्मिक अधिकार र स्वतन्त्रतामाथिको आक्रमण हो’, उनीहरूले भने, ‘दोषीलाई अविलम्ब कानुनी दायरामा नल्याए आन्दोलन अझ सशक्त बनाउँछौँ ।’

दुई धार्मिक समूहबीच तनाव हुने अवस्थाका कारण मधेशको राजधानी जनकपुरमा पनि सुरक्षाकर्मी बाक्लो मात्रामा परिचालन गरिएको छ । उता प्रशासनले वीरगञ्ज घटनाको छानबिन थालिएको जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ४९ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल