क्षमता, सक्रियता र इच्छाशक्तिले स्थापित हुन्छ नेता, उमेरले होइन ! | Khabarhub Khabarhub

क्षमता, सक्रियता र इच्छाशक्तिले स्थापित हुन्छ नेता, उमेरले होइन !


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमण व्यापक चर्चा र बहसको विषय बन्यो । युवादेखि वृद्धसम्म, बालकदेखि किशोरसम्म सबैले सहजै थाहा पाउने गरी प्रधानमन्त्री ओलीले थाइल्याण्ड भ्रमण सके । ओली भ्रमणको चर्चा र बहस चारवटा विषयमा बढी केन्द्रित भयो । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका तर्फबाट ओलीले पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गरे । यो नेपालका लागि पहिलो अवसर थियो, त्यो सुविधा ओलीले पाए ।

दोस्रो; ६६ वर्षपछि गरिएको भ्रमणमा हुने सम्झौता र सम्बन्धले पनि चर्चा पायो । सबैको चासो र सरोकारको विषय पनि त्यही थियो । र सरकारको दाबी अनुसार उपलब्धी मुलक नै रह्यो । तेस्रो विषय; बिम्स्टेकको शिखर सम्मेलनमा दक्षिण एसियाली मुलुकका कार्यकारी सहभागी थिए ।

सहभागी मध्ये प्रमुख पात्र थिए, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । मोदीसँग औपचारिक भेट हुने वा नहुने, भए के कुरा हुने ? जस्ता सवाल मिडियासँगै आम मान्छेसँग पनि थिए । त्यो धेरैको प्रतिक्षा र व्यापक चासोको विषय थियो । ओली प्रधानमन्त्री भएदेखि भारत भ्रमण गएका छैनन् । मोदीले नचाहेकै कारण ओलीलाई निम्ता नआएको चर्चाका बीचको भेटघाट पनि बहुचर्चित बन्यो ।

विशेष चासोसहितको बहस नेपालका प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री पेथोङथान शिनावात्राको उमेरलाई लिएर भयो । ७३ वर्षका ओली र ३८ वर्षकी शिनावात्रा दुबैको उमेर अन्तर ३५ वर्ष छ । उमेर ढल्केका ओली र युवा उमेर नै पार नगरेकी शिनावात्राको उमेरलाई लिएर बहस हुनु स्वभाविक नै थियो ।

यी तीन विषयबाहेक विशेष चासोसहितको बहस नेपालका प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री पेथोङथान शिनावात्राको उमेरलाई लिएर भयो । ७३ वर्षका ओली र ३८ वर्षकी शिनावात्रा दुबैको उमेर अन्तर ३५ वर्ष छ । उमेर ढल्केका ओली र युवा उमेर नै पार नगरेकी शिनावात्राको उमेरलाई लिएर बहस हुनु स्वभाविक नै थियो ।

तर विषय त्यतिमा सीमित थिएन्, उमेर बूढो भएकै कारण देश बिग्रियो, भत्कियो, सकियोजस्तो शब्दश्राप नेपाली युवाहरूबाटै भए । उता शिनावात्राको भने हाइहाइ भयो । युवा भएरकै कारण आजको विकसित थाइल्याण्ड बनेकोजस्तो गलत भाष्य नै सावित गर्न खोजियो । दुई देशका कार्यकारी बीचको भेट, आतिथ्यता, स्वागत सत्कारसहितको शिष्टाचारका क्रममा देखिएका दृश्य र तस्बिरले सबैको ध्यान केन्द्रित गरायो ।

सामाजिक सञ्जाल हेर्दा ओलीको उमेरलाई लिएर गाली आए । विरोध भए । सामाजिक सञ्जाल केही दिन ओली र शिनावात्राको उमेरलाई लिएर पक्ष र विपक्षमै बाँडियो । बहसको विषय नै त्यसैमा केन्द्रित रह्यो । यसो हुँदा नेता हुने कुरा नेतृत्व लिने कुरामा उमेरले असर पार्छ ? नेता हुनलाई उमेरले छेक्ने र प्रभाव पार्ने हो र ? कि उमेरबाहेक उसको सोच, सक्रियता, इच्छाशक्ति, योग्यता आदि विषय नै प्रमुख हुन् । यही जिज्ञासाका दृश्य देखाउन वाञ्छनीय हुन्छ ।

आधुनिक सिंगापुरका निर्माता ली क्यान यू, जसले एक्लैले ३० वर्ष बढी समय प्रधानमन्त्री भएरै बिताए । सन् १९५५ मा उनी सिंगापुर विधान सभाको सदस्यमा चुनिए उनी सन् १९५९ मा सिंगापुरको प्रधानमन्त्री बनेका हुन् ।

त्यसबेला उनको उमेर ४० पुगेकै थिएन । युवामा पनि आलाकाँचा युवा नै थिए । तर उनले आधुनिक सिंगापुर, विश्वको नमुना सिंगापुर बनाउने उमेर ७० कटिसकेको थियो । त्यसबेला पनि उनमा न कुनै विकास प्रतिको वितृष्णा थियो, न त इच्छाशक्तिमा कुनै कमी वा बदलाव नै । यूले उमेरमाथि सोच र इच्छाशक्ति राखे र विकासको नमुना अनि विश्वले प्रशंसा गर्ने नेताको छवि निर्माण गरे ।

आधुनिक सिंगापुरका निर्माता ली क्यान यू, जसले एक्लैले ३० वर्ष बढी समय प्रधानमन्त्री भएरै बिताए । सन् १९५५ मा उनी सिंगापुर विधान सभाको सदस्यमा चुनिए उनी सन् १९५९ मा सिंगापुरको प्रधानमन्त्री बनेका हुन् ।

ओलीको उमेर पनि यूले सिंगापुर निर्माण गरिरहेकै अवस्थाको छ । ओलीको सक्रियता, सोच, इच्छाशक्ति, दौडधूप सबै हेर्दा कुनै युवा र किशोरभन्दा कम छैन ।

जानकारी पाएअनुसार ओली हरेक दिन राति २ बजेसम्म भेटघाटमै व्यस्त हुन्छन् । बिहान ५ नबज्दै उठिहाल्छन् । देश र जनताकै काममा सक्रिय हुन्छन् । दुई पटक मृगौला फेरेको शरीरको सक्रियताका साथ पनि उमेरले छेकेको छैन । र पनि हामी उमेरमै अड्किएका छौँ ।

विश्वकै शक्तिशाली देश अमेरिकामा अहिलेसम्म राष्ट्रपति बनेका ४७ जनामध्ये ५०–६५ वर्ष उमेर समूहका सबैभन्दा बढी ३२ जना रहेछन् । भने ४२–५० वर्षभित्रका १० जना र ६६–८० वर्ष उमेर समूहका चाहिँ जम्मा ४ जना रहेछन् । ती मध्ये डोनाल्ड ट्रम्प दोहोरिएका छन् । ८० को दशकमा छन् । तर पनि विश्व हल्लाइरहेका छन् । सर्वशक्तिमान भएर स्थापित छन् ।

नेता हुने, देश बनाउने कुरा उनको उमेरको योग्यतामा भर पर्दैन भन्ने अर्को उदारण हो । सान्ना मरिन ३६ वर्षकै उमेरमा फिनल्यान्डको प्रधानमन्त्री बनिन् । इम्यानुअल म्याक्रोन ४० वर्षकै उमेरदेखि फ्रान्सको नेतृत्वमा छन् । अन्त जानै पर्दैन पृथ्वीनारायण शाहले १७ वर्षको उमेरमा नेपालको एकीकरण सुरुवात गरे । तीनै शाहका सन्तानले हिँड्न नसक्ने अवस्थामा देशको शासन गर्दा पनि केही गर्न सकेनन् ।

मलेसियामा २५ वर्षको उमेरमा मन्त्री बनेका सेद सदिक अहिले आएर गुमनाम जस्तै छन् । बनेर मात्रै, बनाएर मात्रै नेता भइँदैन । हुन सकिँदैन् । नेता भइने कुरा कसैको बिर्ता र आशिर्वादबाट मात्रै सम्भव छैन । क्षमता, योग्यता र व्यक्तित्व नै प्रमुख विषय हो । उमेर कम–बढी नेता हुने मापदण्ड हुँदै होइन । नेपालकै उदारण हेर्दा सूर्यबहादुर थापा ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए । तर उनले पञ्चायतबाट समेत देशलाई मूक्त गर्न सकेनन् । उनको हातबाट जनतालाई आधारभूत अधिकार दिलाउन समेत सकेनन् । राजाकै हुकुमबाट सत्ताको मस्तीमा डुबिरहे । उमेरले मात्रै हुने भए उनले धेरै कुरा गर्नुपथ्र्यो । एक पटकको यो उदारण पनि हेरौँ ।

मातृकाप्रसाद कोइराला ४१ वर्षको हुँदा प्रधानमन्त्री बने भने बीपी कोइराला ४५ वर्षमा प्रधानमन्त्री भए । तर ४ वर्ष पछिको उमेरमा प्रधानमन्त्री भएका बिपीले नै नेपाली राजनीतिमा केही फरक छाप छाडे । तर मातृकाले केही फरक छाप दिन सकेनन् । उमेरले मात्रै अर्थ राख्ने र योग्यता मापन हुनेभए मातृका र बिपीकै काममा फरक देखिनु पर्नेथियो । त्यसैले उमेर कान्छो हुँदैमा बलियो हुने र उमेर पाको हुँदैमा पनि ऊ कमजोर हुने हुँदैन । उमेर कान्छो भएर नै ऊ जुनियर हुने, उमेर बढी भएकै कारण ऊ सिनियर हुने, पद पाउने, पद लिनुपर्ने भन्ने कुनै इतिहास र अभ्यासले छुट्याएको देखिँदैन । हाम्रो पुस्ता यसमा प्रष्ट हुन जरुरी छ ।

सान्ना मरिन ३६ वर्षकै उमेरमा फिनल्यान्डको प्रधानमन्त्री बनिन् । इम्यानुअल म्याक्रोन ४० वर्षकै उमेरदेखि फ्रान्सको नेतृत्वमा छन् । अन्त जानै पर्दैन पृथ्वीनारायण शाहले १७ वर्षको उमेरमा नेपालको एकीकरण सुरुवात गरे ।

शेरबहादुर देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री बन्दा ४९ वर्षका थिए । उनले चलाएको सरकार, उनले नेतृत्व लिएको पार्टी नेपाली काँग्रेस र मदन भण्डारीले ४० वर्षको नहुँदै एमालेमा ल्याएको उर्जा, उत्साह र विचारले बनाएको पहिचान तुलना गर्नै मिल्दैन । यी केही प्रतिनिधि दृष्टान्तका आधारमा ‘युवा’ तर्फ नेतृत्व हस्तान्तरणको परिकल्पना गर्ने विषयका सन्दर्भमा जोडिएका हुन् ।
आज २५–३० वर्षका युवाहरूकै हातमा दल र सरकारको नेतृत्व हुनुपर्ने । उमेरका आधारमा ‘युवा’ हुनुमात्र पनि सबै चिज होइन रहेछ । अमेरिकाका पैँतालिसौँ राष्ट्रपतिका रूपमा जित्दै गर्दा डोनाल्ड ट्रम्प ७० वर्षको भैसकेका थिए । धेरैले ‘बूढा’ भनेका ट्रम्पलाई विस्थापित गरेका जो बाइडेन त झन् ७९ वर्षको ‘बूढो’ थिए ।

चीनका राष्ट्रपति सी चिङफिङ ७० माथिकै हुन् । तर चीन कमजोर छैन । झन शक्तिशाली छ । दुई कार्यकाल बढी नेतृत्वमा बस्न नपाउने चिनियाँ कम्युनिष्ट पार्टीको विधान नै सिका लागि संशोधन गरियो । त्यहाँ उमेरले केही फरक पारेन । छेकेन । अनि विरोध पनि भएन । किनकि जनता, देश र समाजलाई कामकाजी, असल व्यक्तिको छवि र सक्रियतासहितको देश बनाउने इच्छाशक्ति सहितको नेता हुने कुरामा कहीँ कतै अवरोध हुँदैन ।

अर्को छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ओलीभन्दा जेठा हुन् । ७० कटेका भ्लादमिर पुटिनले विश्व हल्लाउँदै छन् । आखिर कति उमेरसम्मलाई मात्र ‘सक्षमता’ को आधार मान्ने ? उमेर भन्नु एउटा बहाना मात्र हो । खास कुरा चाहिँ नेतृत्व क्षमता हो । टिमवर्क गर्नुभन्दा व्यक्ति ‘हिरो’ बन्नुपर्ने मनोगत कमजोरीका कारण नेपाली राजनीति अघि बढ्न नपाएको हो । उमेरले कहीँ कतै समस्या पार्दैन । पारेको पनि छैन ।

नेपालमा सरकारमात्र अस्थिर बनेको हो । सरकारको नेतृत्व गर्ने पात्रहरू लगभग उनै हुन् । कहिले मिलीजुली त कहिले लुछाचुँडी । निराशा पनि यही कुरामा हो । ओलीलाई उमेरले छेकेकै छैन । उनको नेतृत्व क्षमता, उनले देखेका सपना र देश बनाउने सङ्कल्पमा युवा जोश र जाँगर देखिन्छ । नयाँपन र युवा चेतना देखिन्छ । उमेरलाई समस्या देख्नु अर्को कमजोरी हो । विरोधको बाहना हो । रिस र आवेगको उपज मात्रै हो ।

नयाँ पुस्ता भनेरै आश गरिहाल्नु पर्ने पनि छैन । बहुसङ्ख्यकले विश्वास गरिएका बालेनको विवादित कार्यशैलीले नै त्यो कुराको पुष्टि गर्छ । योग्यता वा ओहोदा उसको उमेरले तोकिनु वा निर्धारण गरिनु हुन्न । नेतृत्व क्षमता, सोच र योग्यताले उसको ओहोदा निर्धारण गरिनु पर्छ । कोही सिनियर सोच, सक्रियता र इच्छा शक्तिले वा उसको नेतृत्व लिन सक्ने क्षमताले हुनुपर्छ । न कि पहिले जन्मेका कारण, उमेर बढी भएकै कारण, छिटो राजनीति सुरुवात गरेकै कारण ऊ सबैकुरामा योग्य र अगाडि भन्ने हुँदैन । त्यो मानसिकता सबैले हटाउनुपर्छ ।

उसो त राजनीतिक नेतृत्वले मैले योभन्दा राम्रो गर्न सकिनँ वा अब मलाई पुग्यो भनेर नेतृत्वबाट हट्ने राजनीतिक संस्कार नेपालमा मात्र होइन, दक्षिण एसियामै छैन । यसको देखिने गरी कार्यान्वयन युरोप अमेरिकामा पनि भएको देखिँदैन । पद सबैका लागि प्यारो नै हुन्छ । भइरहेको छ । तर पदमा बस्नेहरूको मापन उमेरसँग तुलना गरेर हुनुहुँदैन । सानै उमेरमा ठूलो प्रगति गरेका उल्लेख्य उदाहरण पनि छन् । परिपक्व भनिएकाको उमेरमा पाएको अवसरलाई पनि शून्य उपलब्धि देखाउन नसकेको वास्तविकता त्योभन्दा बढी छन् ।

नयाँ पुस्ता भनेरै आश गरिहाल्नु पर्ने पनि छैन । बहुसङ्ख्यकले विश्वास गरिएका बालेनको विवादित कार्यशैलीले नै त्यो कुराको पुष्टि गर्छ । योग्यता वा ओहोदा उसको उमेरले तोकिनु वा निर्धारण गरिनु हुन्न । नेतृत्व क्षमता, सोच र योग्यताले उसको ओहोदा निर्धारण गरिनु पर्छ ।

भ्लादिमिर लेनीन सुपरिचित नाम हो । मात्र २७ वर्षको उमेर थियो, लेनीनको जुन बेला उनी विश्वसामु परिचित भइसकेका थिए । २२ अप्रिल सन् १८७० मा कम्युनिस्ट आन्दोलनको चर्चाले विश्व आश्चर्य चकित थियो । तर, उमेर कलिलो भए पनि विचार र व्यक्तित्वमा कुनै अपरिपक्वता थिएन ।

जनक्रान्तिको फरक सन्देश विश्वलाई सुनाउनु थियो । कम्युनिस्ट विचारको तत्कालीन युगलाई आवश्यकताको महसुस गराउनु थियो । ती चुनौतीलाई पूरा गर्न न उमेर, न त तत्कालीन सत्तासीनहरूको शक्ति कुनै परिस्थितिले रोकेन । बरु परिवर्तन चाहनेहरूले दिल खोलेर साथ दिए । त्यो साथ पाउने एउटै आधार थियो, लेनीनको नेतृत्व क्षमता र इच्छाशक्ति ।

सडकमा नारा जुलुस गर्नु, पुत्ला दहन गर्नु, कुविचारसहितको टिप्पणी सामाजिक सञ्जालमा पोख्नु र राजनीतिक अन्धभक्त बन्नुले गलतलाई पनि सही भन्नुमात्रै हाम्रो काम हो र ? नेता हुनुका गुणहरू हुन् र ? हामी र हाम्रो शैलीमा समाज जोडिएको छैन र ? हाम्रो समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी केही हुँदैन ? हामी युवा भन्दैमा, विरोध गर्दैमा नेता भइहाल्ने र सबै गर्न सक्ने भइँदैन ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीका विरुद्ध माइतीघर मण्डलामा विरोध गरेवापत् नेता हुनु पर्ने, दाबी गर्नेहरूले पहिलो कुरा त प्याज, आलु, बन्दा, साग र खुर्सानीसम्म त नेपालमै उत्पादन गरौँ, त्यसको अगुवाई म गर्छु भन्न सक्ने हुनु पर्दैन ? जबसम्म हामी आत्मनिर्भर र अब्बल सावित हुँदैनौँ । नचाहेर पनि भारतसामु झुक्नुपर्नेछ । झुक्नु पर्ने मात्र होइन, भएको अर्थतन्त्र पनि उसैलाई बुझाउनु पर्नेछ । यसकारण पनि युवा आन्दोलन उत्पादनका लागि हुनुपर्छ । हामी उमेर पर्खी बस्ने कि उत्पादनमा लाग्ने ? एकपटक सोच्नुपर्छ ।

माथि उल्लेखित तथ्यबाट पनि धेरै कुरामा हामी उमेर बाधक होइन भन्नेमा प्रष्ट नै भइसकेका छौँ । अब रह्यो ओली, देउवा र प्रचण्डहरूले उमेर पुगेर पनि राजनीति छाडेनन् । केही गरेनन् । उनीहरूबाट केही आशा नै छैन भन्ने विषय हामी किन बुझ्दैनौँ ? उमेर सबथोक होइन । इच्छाशक्ति र नेतृत्व क्षमता सबथोक हो । समाज हाँक्न, देश सफल बनाउन । राजनीतिमा ठूलो सानो, कान्छो, जेठो, कोही हुनुहुँदैन ।

ओलीको उमेरलाई लिएर गाली बर्साउने पुस्ताले ओलीको सक्रियता, सोच र क्षमतालाई पनि ग्रहण गर्न सक्नुपर्छ । माथि भनिएजस्तै २ बजे सुतेर ५ बजे उठ्ने, सबै विषयमा ज्ञान राख्ने, सबै विषयमा खुलेर बहस गर्न सक्ने, दुनियाँसामु निर्धक्क आफ्ना र देशका कुरा राख्न सक्ने राजनीतिज्ञ सबै कुरामा कसरी खराब हुन्छन् ?

सिनियर र जुनियर क्षमता र सोचका आधारमा, सक्रियता र योग्यताका आधारमा छानिनु पर्छ । हामी जो जहाँ छौँ, त्यहीँबाट केही फरक काम सुरुवात गरौँ । फरक मान्यता स्थापित गरौँ । कर्मले मन जित्न सक्ने बनौँ । तब मात्रै पत्याउने छन् । उमेर युवा छ, भन्दैमा आन्दोलनका नाममा चोरी, लुटपाट र बर्बादीमा संलग्न हुने कुरा शोभनीय होइन । पाका पुस्तालाई विश्राम लिन भन्नुभन्दा पहिला आफू विश्वासी, योग्य र क्षमतावान बन्न सक्नु पर्छ ।

ओलीको उमेरलाई लिएर गाली बर्साउने पुस्ताले ओलीको सक्रियता, सोच र क्षमतालाई पनि ग्रहण गर्न सक्नुपर्छ । माथि भनिएजस्तै २ बजे सुतेर ५ बजे उठ्ने, सबै विषयमा ज्ञान राख्ने, सबै विषयमा खुलेर बहस गर्न सक्ने, दुनियाँसामु निर्धक्क आफ्ना र देशका कुरा राख्न सक्ने राजनीतिज्ञ सबै कुरामा कसरी खराब हुन्छन् ? सिंगापुर र मलेसिया बनाउने ती महापुरुषको उमेर पनि ७० देखि ९५ वर्ष बीचकै थियो । ती देश पनि वृद्ध शरीरले नै नेतृत्व गरेर बनेका हुन् ।

पर्यटनको हब आधुनिक थाइल्याण्डमा हाल ३८ वर्षको कलिलो उमेरकी नेतृको काँधमा हिँडिरहेको छ । र, सफल पनि देखिन्छ । त्यसैले यहाँ नेता हुने कुरा उमेर वा वर्षसँग तुलना हुँदैन । नेता हुन नेतृत्वक्षमता, सक्रियता र इच्छाशक्तिमा भर पर्छ । गाली, रिस र आक्रोश क्षणिक सन्तुष्टिका लागि हुन् । दीर्घकालीन समाधान, सुधार, सकारात्मक सोच र सही मूल्याङ्कनले मात्रै नेतृत्व गर्न सकिन्छ । र, नेता हुन सकिन्छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ३४ बजे

चितवनमा साउनयता २९ जना कैदीले लिए सुविधा

चितवन – जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद

उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने : सत्ता गबठन्धनमा कुनै समस्या छैन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको

सगरमाथा संवाद पारदर्शी र समावेशी बनाउन माओवादी केन्द्रको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको वन, वातावरण

संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको मौलिक पर्व, परम्परा

जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज दिउँसो तरकारी