चैत १५ को हिंसात्मक झडपबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले « Khabarhub

चैत १५ को हिंसात्मक झडपबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक मुख खोलेका छन् ।

नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् ।

चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको हिंसात्मक झडपमा २ जनाको ज्यान जाँदा २० जनालाई गोली लागेको थियो । त्यसक्रमा करिब ४६ करोडको क्षति हुने गरी तोडफोड र लुटपाट भएको थियो ।

‘समाजका सदस्य, राजनीतिक दल र समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले भनेका छन्, ‘तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’

उनले चैत १५ को राजावादीहरूको हिंसात्मक प्रदर्शनलाई जनप्रदर्शनको संज्ञा दिएका छन् । ‘चैत १५ गते भएको जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी र तोडफोड भयो मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्त दु:ख लाग्यो’, उनले भनेका छन्, ‘नागरिक स्वतन्त्रभन्दा तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्रमा राम्रोको प्रशंसा र नराम्रोको आलोचना हुन्छ । गुणगान पनि हुन्छ । आलोचना पनि सुन्ने संस्कार हुन्छ ।’

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ०६ बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित