पूर्वराजाको अर्को राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ « Khabarhub

पूर्वराजाको अर्को राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा अर्को राजनीतिक सन्देश दिएका छन् । नयाँ वर्षको शुभकामना दिने नाममा उनले अहिलेको अस्थिर राजनीतिक व्यवस्थाबाट २०८२ मा देशले मुक्ति पाउने बताएका छन् ।

गत फागुन ७ गते मनाइएको प्रजातन्त्र दिवसका अवसरमा दिएको राजनीतिक सन्देशको तरंग सेलाउन नपाउँदै उनले अर्को तरंग ल्याउने कोसिस गरेका छन् ।

शाहले आफूलाई राजाकै रुपमा प्रस्तुत गर्दै सबै नेपालीलाई नयाँ वर्षको शुभकामना भनेका छन् । उनले सन्देशका क्रममा हरेक नयाँ वर्ष उत्साहका साथ आएर अन्तिममा निराश बनाउँदै जाने गरेको बताएका छन् ।

‘हरेक वर्ष नयाँ उत्साहसहित आउने गर्छन् तर अन्त्य भने घनघोर निराशामा बित्ने गरेको छ । समाजका दल, समुदयाले आफ्ना धारणा राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो’, उनले १४ मिनेट लामो भिडियो सन्देशमा भनेका छन्, ‘तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्छ ।’

उनले नागरिक स्वतन्त्र भन्दा अर्को तन्त्र वा वाद नहुने पनि बताएका छन् । ‘वास्तविक प्रजातन्त्रमा राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो र असल कामको गुणगान गर्ने र सुन्ने संस्कार हुन्छ’, उनले भनेका छन्, ‘नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावाना अनुकरणीय र अनुशरणीय छ ।’

उनले देश अहिले जटिल राजनीतिक मोडमा रहेको बताउँदै २०८२ सालमा यसबाट निकाल्नुपर्ने उल्लेख गरेका छन् । ‘देशलाई वर्तमान जटिलताबाट मुक्त बनाई शान्त र समृद्ध बनाउने जुन शक्ति पैदा भएको छ । त्यसबाट २०८२ मा नेपाली जनताको चाहनाअनुसारको व्यवस्था आउने विश्वास गरेको छु’, उनले भने, ‘मुलुकमा रहने अराजकता र अशान्तिबाट देशलाई मुक्त गराउन नेपालको राजसंस्थाले योगदान दिने गरेको छ ।’

शाहले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्यभार मानी संवैधानिक राजसंस्थाका रुपमा रहेन आफूहरूको परम्परामा मान्यता रहेको पनि बताएका छन् । ‘वर्तमानमा जनताको चहानाको कदर गरी राज्यसंस्थाको श्रोत जनता नै हुन्’, उनले भने, ‘संवैधानिक राजसंस्थाका रुपमा जनता चहानाअनुसार २०८२ सालमा देश अघि बढ्ने विश्वास पनि हामीले लिएका छौँ ।’

शाहले देश भ्रष्टाचारको दलदलमा रहेको पनि बताएका छन् । उनले अरु देशहरू समृद्धिको पथमा धेरै माथि पुगिसक्दा पनि नेपाल भने राजनीतिक अस्थिरता र भ्रष्टाचारको जालोमा फसेको भन्दै दलहरूतिर कटाक्ष पनि गरेका छ्न् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : २१ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप