संविधानभन्दा माथि कोही छैन : मन्त्री सिंह « Khabarhub

संविधानभन्दा माथि कोही छैन : मन्त्री सिंह


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताउँदै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा जोड दिएका छन्।

आज नमोबुद्ध नगरपालिका वडा नं १ को वडा कार्यालय, मधुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा उनले संविधानको परिधिभित्र रहनु हरेक नागरिकको कर्तव्य भएको बताए ।

मन्त्री सिंहले गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको सुनाउँदै सङ्घीयतापछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको बताए ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामालगायत उपस्थित थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ९ : १२ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका