जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने « Khabarhub

जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन् । जारी सिजन समाप्तिको बाटोमा लाग्दै गर्दा क्लबहरूले आफ्नो समीक्षा थालेका हुन् ।

यस सिजनमा च्याम्पियन्स लिग र ला लिगासमेत गुमाउने अवस्थामा पुगेपछि कार्लो एन्टेलोटीले रियल मड्रिड छाडेका छन् ।

मड्रिडका प्रशिक्षक कार्लो एन्टेलोटीले ब्राजिलको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न लागेका छन् । ब्राजिल पछिल्लो समय राम्रो लयमा नरहेकाले टोलीको सन्तुलन मिलाउन उनलाई चुनौती छ।

उता बायर लेभरकुसेनका जाबी अलोन्सोले रियल मड्रिडको नयाँ प्रशिक्षकको रूपमा कार्यभार सम्हाल्ने तयारी गरेका छन्। उनी रियलकै चर्चित खेलाडी हुन् ।

उता बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले थप एक वर्ष क्लबमै रहने निर्णय गरेका छन् । १० वर्षपछि यो सिजन च्याम्पियन्स लिग जित्ने अवसर गुमाए पनि बार्साले ला लिगा जित्ने पक्का भइसकेको छ ।

उता एन्टेलोटीले रियल मड्रिडमा सफल कार्यकालपछि ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने निर्णय गरेका छन्।

यो निर्णयले ब्राजिलको फुटबल इतिहासमा पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त हुने निश्चित भएको छ । एन्टेलोटीले २६ मे २०२५ मा आफ्नो नयाँ भूमिका सम्हाल्ने छन् । जुन समयसम्म उनले रियल मड्रिडको सिजन समाप्त गर्नेछन्। मड्रिडले उनको बिदाइ सुरू गरिसकेको छ ।

अलोन्सो रियल मड्रिडमा

बायर लेभरकुसेनका प्रशिक्षक जाबी अलोन्सोले रियल मड्रिडको नयाँ प्रशिक्षकको रूपमा तीन वर्षको सम्झौता गर्ने तयारी गरेका छन्।

अलोन्सोले लेभरकुसेनमा बुन्डेसलिगा, जर्मन कप, र जर्मन सुपर कप जितिसकेका छन्। उनी अब क्लब विश्व कपअघि रियल मड्रिडमा सामेल हुने अपेक्षा छ।

हान्सी बार्सामै

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले क्लबसँग २०२७ सम्मको नयाँ सम्झौता गरेका छन्। फ्लिकको नेतृत्वमा बार्सिलोनाले हालैको एल क्लासिकोमा रियल मड्रिडलाई ४-३ ले पराजित गर्दै ला लिगा उपाधि नजिक पुगेको छ। फ्लिकको नेतृत्वमा यो बार्साले यो सिजनका चारै एल क्लासिको जितेको छ ।

चर्चित प्रशिक्षकको यो हेरफेरले युरोपेली फुटबलमा नयाँ युगको सुरुवातको संकेत गरेका छन् । रियल मड्रिड, ब्राजिल र बार्सिलोनाका समर्थकहरू आगामी सिजनमा आफ्ना टोलीहरूको प्रदर्शन हेर्न उत्साहित देखिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : २५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने