जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने « Khabarhub

जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन् । जारी सिजन समाप्तिको बाटोमा लाग्दै गर्दा क्लबहरूले आफ्नो समीक्षा थालेका हुन् ।

यस सिजनमा च्याम्पियन्स लिग र ला लिगासमेत गुमाउने अवस्थामा पुगेपछि कार्लो एन्टेलोटीले रियल मड्रिड छाडेका छन् ।

मड्रिडका प्रशिक्षक कार्लो एन्टेलोटीले ब्राजिलको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न लागेका छन् । ब्राजिल पछिल्लो समय राम्रो लयमा नरहेकाले टोलीको सन्तुलन मिलाउन उनलाई चुनौती छ।

उता बायर लेभरकुसेनका जाबी अलोन्सोले रियल मड्रिडको नयाँ प्रशिक्षकको रूपमा कार्यभार सम्हाल्ने तयारी गरेका छन्। उनी रियलकै चर्चित खेलाडी हुन् ।

उता बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले थप एक वर्ष क्लबमै रहने निर्णय गरेका छन् । १० वर्षपछि यो सिजन च्याम्पियन्स लिग जित्ने अवसर गुमाए पनि बार्साले ला लिगा जित्ने पक्का भइसकेको छ ।

उता एन्टेलोटीले रियल मड्रिडमा सफल कार्यकालपछि ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने निर्णय गरेका छन्।

यो निर्णयले ब्राजिलको फुटबल इतिहासमा पहिलो पटक विदेशी प्रशिक्षक नियुक्त हुने निश्चित भएको छ । एन्टेलोटीले २६ मे २०२५ मा आफ्नो नयाँ भूमिका सम्हाल्ने छन् । जुन समयसम्म उनले रियल मड्रिडको सिजन समाप्त गर्नेछन्। मड्रिडले उनको बिदाइ सुरू गरिसकेको छ ।

अलोन्सो रियल मड्रिडमा

बायर लेभरकुसेनका प्रशिक्षक जाबी अलोन्सोले रियल मड्रिडको नयाँ प्रशिक्षकको रूपमा तीन वर्षको सम्झौता गर्ने तयारी गरेका छन्।

अलोन्सोले लेभरकुसेनमा बुन्डेसलिगा, जर्मन कप, र जर्मन सुपर कप जितिसकेका छन्। उनी अब क्लब विश्व कपअघि रियल मड्रिडमा सामेल हुने अपेक्षा छ।

हान्सी बार्सामै

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले क्लबसँग २०२७ सम्मको नयाँ सम्झौता गरेका छन्। फ्लिकको नेतृत्वमा बार्सिलोनाले हालैको एल क्लासिकोमा रियल मड्रिडलाई ४-३ ले पराजित गर्दै ला लिगा उपाधि नजिक पुगेको छ। फ्लिकको नेतृत्वमा यो बार्साले यो सिजनका चारै एल क्लासिको जितेको छ ।

चर्चित प्रशिक्षकको यो हेरफेरले युरोपेली फुटबलमा नयाँ युगको सुरुवातको संकेत गरेका छन् । रियल मड्रिड, ब्राजिल र बार्सिलोनाका समर्थकहरू आगामी सिजनमा आफ्ना टोलीहरूको प्रदर्शन हेर्न उत्साहित देखिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : २५ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र