दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट « Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १४.८७  अंकले घटेर २६३४.२३ विन्दुमा पुगेको हो । नेप्से ०.५६ प्रतिशतले घट्दा कारोबारमा पनि गिरावट आएको छ । 

आज ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर कारोबार भएको छ । आज ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ४४५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । विकास बैंक ०.८८ प्रतिशतले, जीवन बीमा ०.९५ प्रतिशतले र उत्पादन तथा प्रशोधन ०.३४ प्रतिशतले बढेको छ। 

सबैभन्दा बढी ट्रेडिङ समूह २.४६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट