बेलायती सैनिक तैनाथ साइप्रसमा पनि इरानले गर्‍यो क्षेप्यास्त्र हमला « Khabarhub

बेलायती सैनिक तैनाथ साइप्रसमा पनि इरानले गर्‍यो क्षेप्यास्त्र हमला


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले भूमध्यसागरको पूर्वी भागमा अवस्थित टापु राष्ट्र साइप्रसमा पनि हमला गरेको छ । बेलायती रक्षामन्त्री जोन हिलीले साइप्रसतर्फ इरानले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् । स्काई न्यूजसँग कुरा गर्दै उनले हजारौँ बेलायती सैनिकहरू तैनाथ रहेको साइप्रसतर्फ ती क्षेप्यास्त्रहरू प्रहार गरिएको बताएका हुन् ।

ती क्षेप्यास्त्रहरूले विशेष गरी साइप्रसलाई नै निशाना बनाएको नठानिए तापनि यसले इरानी शासनबाट यस क्षेत्रमा बढ्दो गम्भीर खतरालाई प्रस्ट पारेको रक्षामन्त्री हिलीको भनाइ छ । साइप्रसका विभिन्न स्थानमा बेलायती सैनिक तैनाथ छन् ।

यसअघि शनिबार भएको इरानी आक्रमणका क्रममा बहराइनमा रहेका बेलायती सैनिकलाई पनि निशाना बनाइएको उनले जानकारी दिए । बहराइनमा बेलायती सैनिक उपस्थित स्थानभन्दा केही सय मिटरको दूरीमा इरानी क्षेप्यास्त्र खसेको उनले बताए ।

यस किसिमको जथाभावी आक्रमणले क्षेत्रीय असुरक्षा बढाएको भन्दै उनले अब आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरेका छन्। इरानले पछिल्लो समय यस क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरिरहेका बेला बेलायती रक्षा मन्त्रालयको यो भनाइ आएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ४५ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका