वर्षमानको टिप्पणी- बिचौलियासँग कुरा नमिलेसम्म सरकारले गभर्नर निुयक्त गर्दैन « Khabarhub

वर्षमानको टिप्पणी- बिचौलियासँग कुरा नमिलेसम्म सरकारले गभर्नर निुयक्त गर्दैन


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताए ।

समयमै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलले देश सञ्चालन गर्छन् वा अरु कसैले भन्ने प्रष्ट हुँदै गएको उनले बताए ।

पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रीक नीतिमा विज्ञता हासिल गरेकालाई गभर्नर बनाउने गरिँदै आएको स्मरण गराए ।

तर अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप उनले लगाए । स्वार्थ समूहसँग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनले बताए ।

पुनले पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने जिकिर गरे । विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ०० बजे

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

नेपालगञ्ज– पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ ।