हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन् « Khabarhub

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगातार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

चैत १५ गते दिउँसो पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादीको प्रदर्शनपछि मिश्र पक्राउ परेका थिए ।

उनलाई विभिन्न अभियोगमा मुद्दा चलाउन हिरासतमा राखिएको छ । उनीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात पटकसम्म म्याद थप गरिसकेको छ ।

मिश्र लगातार ४५ दिनदेखि हिरासतमा रहँदा उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धमव शमशेर जबरालाई भने क्यान्सरका बिरामी भन्दै रिहा गरिएको छ ।

मिश्रले भने आफूलाई अन्यया गरेको बताइरहेका छन् । तर प्रहरीले तीनकुनेमा उनी र दुर्गा प्रसाईंले भिडलाई उकासेकै कारण त्यो घटना हुन पुगेको जिकिर गरिरहेको छ ।

डेढ महिनादेखि हिरासतमा रहेका मिश्रलाई मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले भेटेका छन् । उनले मिश्रलाई हिरासतमा भेट्दा उनमा मनोबल र उत्साह निकै बलियो पाएको बताएका छन् ।

‘निरङ्कुश र भ्रष्ट सरकारले फरक विचार बोकेकै कारण बन्दी बनाइएका रवीन्द्र मिश्रसँग आज भेट भयो’, थापाले भनेका छन्, ‘४५ दिनभन्दा बढी बिनाकारण थुनामा रहँदा पनि उनको मनोबल र उत्साह निकै बलियो रहेको पाएँ । रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन् ।’

थापाले मिश्र लगायत सबै आस्थाका बन्दीहरूलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् । मिश्रले यसअघि राप्रपाकै नेतृत्वले आफूलाई बेवास्ता गरेको गुनासो हिरासतमा भेट्न आउनेसँग गर्ने गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ३२ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको