हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन् | Khabarhub Khabarhub

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगातार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

चैत १५ गते दिउँसो पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादीको प्रदर्शनपछि मिश्र पक्राउ परेका थिए ।

उनलाई विभिन्न अभियोगमा मुद्दा चलाउन हिरासतमा राखिएको छ । उनीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात पटकसम्म म्याद थप गरिसकेको छ ।

मिश्र लगातार ४५ दिनदेखि हिरासतमा रहँदा उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धमव शमशेर जबरालाई भने क्यान्सरका बिरामी भन्दै रिहा गरिएको छ ।

मिश्रले भने आफूलाई अन्यया गरेको बताइरहेका छन् । तर प्रहरीले तीनकुनेमा उनी र दुर्गा प्रसाईंले भिडलाई उकासेकै कारण त्यो घटना हुन पुगेको जिकिर गरिरहेको छ ।

डेढ महिनादेखि हिरासतमा रहेका मिश्रलाई मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले भेटेका छन् । उनले मिश्रलाई हिरासतमा भेट्दा उनमा मनोबल र उत्साह निकै बलियो पाएको बताएका छन् ।

‘निरङ्कुश र भ्रष्ट सरकारले फरक विचार बोकेकै कारण बन्दी बनाइएका रवीन्द्र मिश्रसँग आज भेट भयो’, थापाले भनेका छन्, ‘४५ दिनभन्दा बढी बिनाकारण थुनामा रहँदा पनि उनको मनोबल र उत्साह निकै बलियो रहेको पाएँ । रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन् ।’

थापाले मिश्र लगायत सबै आस्थाका बन्दीहरूलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् । मिश्रले यसअघि राप्रपाकै नेतृत्वले आफूलाई बेवास्ता गरेको गुनासो हिरासतमा भेट्न आउनेसँग गर्ने गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ३२ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।