रवीन्द्र मिश्र र दुर्गा प्रसाईं अझै ५ दिन हिरासतमा बस्नुपर्ने « Khabarhub

रवीन्द्र मिश्र र दुर्गा प्रसाईं अझै ५ दिन हिरासतमा बस्नुपर्ने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध आठौं पटक हिरासतको म्याद दिएको छ ।

उनीसँगै चैत २८ गते भारतको आसामबाट पक्राउ परेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई पनि अदालतले थप पाँच दिन हिरासतमा राख्न मंगलबार अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोना सिंहको इजलासले मिश्र र प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत चैत १५ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि मिश्र पक्राउ परेका थिए । मिश्रपछि चैत २८ गते पक्राउ परेका प्रसाईंलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

मिश्र प्रहरीको हिरासतमा पुगेको मंगलबार ४६ औँ दिन बितेको छ । मिश्रको परिवारले मंगलबारमात्रै उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट पनि सर्वोच्च अदालतमा हालेको छ ।

यसअघि मिश्रलाई चैत २५ मा ५ दिनका लागि सातौँ पटक म्याद थप गरिएको थियो ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रले प्रहरीसँगको बयानमा आफूले कुनै अपराध नगरेको बताइरहेका छन् । उनले बेकसुर हुँदा हुँदै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको गुनासो गरिरहेका छन् ।

मिश्र र प्रसाईंसहितका राजावादीहरूमाथि अनुसन्धान पूरा भइनसकेको भन्दै प्रहरीले अदालतसँग थप समय मागेको हो । अदातले पनि प्रहरीको माग बमोजिम नै राजावादीहरूको हिरासत बसाइ झन् झन् लामो बनाइदिँदै लगेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : १२ बजे

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन