डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर « Khabarhub

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको ठहर गरेको छ ।

न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले आज काउन्सिललाई अनलाइन न्यूजपोर्टल र युट्युबसहित सामाजिक सञ्जालमार्फत सञ्चालन हुने मिडिया काउन्सिलको अनुगमनको क्षेत्राधिकारमा पर्ने ठहर गरेको हो ।

काउन्सिलले गत मङ्सिर २७ गते दियो पोष्टडटकमसहितका विभिन्न डिजिटल मिडियालाई कालो सूचिमा राख्ने कारबाहीविरुद्ध परेको रिटमा आज यस्तो फैसला गरिएको हो ।

 ‘यो फैसलाले डिजिटल मिडियाले पनि पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ भन्ने प्रष्ट व्याख्या गरेको छ’, फैसलापश्चात् काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रतिक्रिया छ,  ‘अबका दिनमा अनलाइन मात्र नभई युट्युब, फेसबुक पेजसहित प्रयोग गरी चलेका डिजिटल मिडियाको अनुगमनसमेत काउन्सिलको दायरामा परेको सम्मानित अदालतबाट व्याख्या भएको छ ।’

काउन्सिलले डिजिटल मिडिया अनुगमन र कारबाहीका लागि एक वर्षअघि नै कार्यविधि बनाई नियमन गरिरहेको छ ।

काउन्सिलका तर्फबाट कानुनी सल्लाहकार अधिवक्ताहरू अनन्तराज लुइँटेल र अधिवक्ताहरू झबिन्द्र भुसाल,  लीलाधर उपाध्याय,  विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल,  प्रतिभा उप्रेती र विशाल थापाले बहस गरेका थिए ।

काउन्सिलले कालोसूचीमा राखेका नेपाल आजसहितका अनलाइनका सम्बन्धमा समेत उच्च अदालतल पाटनले काउन्सिलको नियमनको अधिकारलाई सदर गरेको थियो । रासस

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : ०२ बजे

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन

काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन

बाँकेका सीमा नाका तीनदिन बन्द हुने 

काठमाडौं– प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र