अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता « Khabarhub

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर (एक नील ९३ खर्ब रुपैयाँ) बराबरको हतियार किनबेच सम्झौता भएको छ । अमेरिकाले यस सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता भनेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जारी गरेको फ्याक्ट सीटमार्फत पछिल्लो सम्झौताबारे जानकारी दिइएको हो ।

हतियार दिएबापत साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर (आठ नील १६ अर्ब रुपैयाँ) बराबर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

साउदी अरबलाई हतियार बिक्री सम्झौताबारे ह्वाइटहाउसले भनेको छ, ‘अमेरिका र साउदी अरबले इतिहासकै सबैभन्दा ठूलो, लगभग १४२ अर्ब डलर बराबरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन्‌, यो सम्झौतामार्फत साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी कम्पनीमा तयार अत्याधुनिक युद्ध उपकरण र सेवा प्राप्त गर्नेछ ।’

हतियार बिक्री सम्झौताकै लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरब पुगेका थिए । त्यहाँ उनले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेट गरेका थिए ।

उक्त सम्झौतापछि ट्रम्पले रियादमा आयोजित साउदी-अमेरिका इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले साउदीका राजकुमार सलमानलाई ‘असाधारण व्यक्ति’को उपमा दिए ।

हतियार सम्झौता दुई देशबीच ८० वर्षे साझेदारीको प्रतीक भएको ट्रम्पको भनाइ थियो । आफू आठ वर्षअघि पनि सोही कोठामा उभिएको उल्लेख गर्दै ट्रम्पले थपे, ‘त्यतिखेर नै मैले आतङ्कवादी र उग्रवादी शक्तिलाई साउदी अरबले पूर्ण रूपमा अन्त्य गरिदिने अपेक्षा राखेको थियो, अहिले हामीले नयाँ कदम चालेका छौँ ।’

ट्रम्प यतिखेर साउदी अरब, कतार र यूएईमा चार दिवसीय भ्रमणमा निस्किएका छन्‌ । दोस्रो कार्यकालमा ट्रम्पको यो पहिलो ठूलो कूटनीतिक यात्रा हो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : ४४ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त