भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए बीस नक्सलवादी « Khabarhub

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए बीस नक्सलवादी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतीय सुरक्षाकर्मीले २० नक्सलवादीलाई मारेका छन् । नारायणपुर जिल्लको अबुझमाडको जंगलमा सुरक्षाकर्मीले उनीहरुलाई मारेको हो ।

सुरक्षाकर्मीले सबैको शव र हतियार बरामद भएको जनाएको छ । दंतेवाडा, नारायणपुर र बीजापुर जिल्लाको सरहदमा मुठभेड चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मारिएका नक्सलवादीमा ठूलो कार्यकर्तासमेत भएको जनाइएको छ । पुलिसले पाएको सूचनाअनुसार अबुझमाडको बोटेरमा नक्सलवादीका पोलिटब्युरो सदस्य र नक्सल संगठनका महासचिव बसवा राजु रहेका थिए ।

नक्सलवादीहरु तेलंगाना, ओडिशा, महाराष्ट्र लगायतका राज्यमा सक्रिय छन् । सरकारले उनीहरुमाथि पुरस्कार राशिसमेत राखेको छ ।

पोलिटव्युरोका लागि डेढ करोड भारु मोल राखिएको छ । त्यस्तै केन्द्रीय सदस्यका लागि एक करोड राखिएको छ ।सात दिन पहिले प्रहरीले छत्तीसगढ–तेलंगाना सीमामा ३१ नक्सलवादीलाई मारेको जनाएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ३० बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न