अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ? « Khabarhub

अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया मात्र ७ मतान्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत ल्याएका छन्।खुला उपाध्यक्षमा विकास श्रेष्ठ र महिलातर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा दीपक धामी ७ सय ८५ मतका साथ निर्वाचित भएका छन्।

चारजना सचिवतर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन्।

केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन्।

त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारीले बाजी मारेका छन्।

नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी हुँदा उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए।

कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : ४५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि