स्कटल्यान्ड विरुद्धको हाइ स्कोरिङ खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित « Khabarhub

स्कटल्यान्ड विरुद्धको हाइ स्कोरिङ खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

स्कटल्यान्ड – आईसीसी वर्ल्ड कप लिग-२ को बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई चार विकेटले हराएको छ। बिहीबारको खेलमा ३७० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर ४ बल बाँकी रहँदा ३७४ रन बनाएको हो। एक दिवसीय क्रिकेटमा नेदरल्यान्ड्सले ठुलो स्कोर सफलता पूर्वक पूरा गरेको हो।

विजयी टोलीका लागि म्याक्स ओ डोडले अविजित रहँदै १३० बलमा १५८ रन जोडे। उनको पारीमा १३ चौका र ४ छक्का समावेश थियो। नोहा क्रोएसले २९ बलमा ५० रन जोडे। तेजा पनदम्बरुले ४२ बलमा ५१ रनको योगदान गरे। माइकल लेविटले ४४ रनको पारी खेले।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३६९ रन जोडेको थियो। स्कटल्यान्डका ग्रेग मुन्सेले १५० बलमा १९१ रन बनाए। कप्तान म्याथ्यु क्रोसले ४९ बलमा ५९ तथा माइकल लेजाकले १४ बलमा २८ रन जोडे।

मुन्से एसोसिएट ब्याटरमा एउटै पारीमा सबै भन्दा धेरै रन प्रहार गर्ने कीर्तिमान कायम गर्न सफल भएका छन्। यस अघि सन् २०१० मा आयरल्यान्डका पाउल स्टर्लिङले क्यानडाको विरुद्धमा १७७ रन प्रहार गरेका थिए।

जितपछि नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको अमेरिकाको २० खेलमा २८ अङ्क छ भने दोस्रो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा समान २८ अङ्क छ। रनरेटका आधारमा नेदरल्यान्ड्स दोस्रो स्थानमा सीमित भएको हो। तेस्रो स्थानको स्कटल्यान्डको २० खेलमा २४ अङ्क छ। चौथो स्थानको ओमानले २० खेलमा समान २४ अंक जोडेको छ।

समान २० खेलमा क्यानडाको २० अंक छ भने नामिबियाले १४ अंक बनाएको छ। सातौ स्थानको नेपालले १६ खेल खेल्दा १२ अंक जोडेको छ। अन्तिम स्थानमा रहेको यूएईले १६ खेलमा मात्र ६ अंक जोडेको छ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४९ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्