इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी « Khabarhub

इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायलले शुक्रबार सबेरै बिहान गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्।

शुक्रबार सबेरै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो।

इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई ‘निर्णायक क्षण को संज्ञा दिएका छन्।

इजरायलले तेहरानमा अवस्थित रिभोल्युसनरी गार्ड कोरको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ।

उनीसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिक पनि मारिएको जनाइएको छ। इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी पनि मारिएका छन्।

इजरायलले नटान्ज आणविक केन्द्रलाई पनि लक्षित गरी हवाई आक्रमण गरेको इरानको आरोप छ। हाल इरानको राजधानी तेहरानमा अवस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

इजरायलले इरानी राष्ट्रपति पेजेस्कियान र सर्वोच्च नेता खामेनीलाई पनि लक्षित गरेको भन्ने कुराको अहिलेसम्म पुष्टि भइसकेको छैन।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : २१ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै