इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी | Khabarhub Khabarhub

इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायलले शुक्रबार सबेरै बिहान गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्।

शुक्रबार सबेरै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो।

इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई ‘निर्णायक क्षण को संज्ञा दिएका छन्।

इजरायलले तेहरानमा अवस्थित रिभोल्युसनरी गार्ड कोरको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ।

उनीसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिक पनि मारिएको जनाइएको छ। इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी पनि मारिएका छन्।

इजरायलले नटान्ज आणविक केन्द्रलाई पनि लक्षित गरी हवाई आक्रमण गरेको इरानको आरोप छ। हाल इरानको राजधानी तेहरानमा अवस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

इजरायलले इरानी राष्ट्रपति पेजेस्कियान र सर्वोच्च नेता खामेनीलाई पनि लक्षित गरेको भन्ने कुराको अहिलेसम्म पुष्टि भइसकेको छैन।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : २१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्दा उदयपुरको बेलका उच्च जोखिममा

गाईघाट – तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज

काठमाडौं- खेलको अन्तिममा भारतले नाटकीय जित हात पारेपछि इंग्ल्यान्डसँगको शृङ्खला

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन