इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’ « Khabarhub

इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।

इजरायलको आक्रमणले इरानको ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली ध्वस्त पार्न खोजेको पनि इरानी सेनाले जनाएको छ।

इजरायलको आक्रमण इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरेर गरिएको हो।

‘यो अत्यन्तै जटिल र तहगत आक्रमण हो, र म यसलाई केवल आणविक कार्यक्रममाथिको हमला भनेर मात्र हेर्दिन’, एक इरानी सैन्य अधिकारले भने।

आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का नेताहरू र इरानी आणविक वैज्ञानिकको हत्या गरिएको छ।

इजरायलीहरूले पूरै इरानी सैन्य प्रणालीलाई नै लक्ष्य बनाएका छन्। उनीहरू कुनै न कुनै रूपमा त्यसलाई ध्वस्त पार्ने र ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणालीलाई नै नष्ट गर्ने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ९ : १६ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक