बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन « Khabarhub

बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दमौली– बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको  जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली  परिचालन भएको हो । डिभिजन वन कार्यालयका प्रमुख शरद अधिकारीले जानकारीका अनुसार टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नेछ । 

तनहुँका  भानु, बन्दीपुर, आँबुखैरेनी चितुवा आतंकबाट पीडित छ । यो जिल्लामा आठ वर्षमा १६ बालबालिका चितुवाको शिकार बनेका छन् । गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङलाई चितुवाले खाएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ९ : २५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा