इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन « Khabarhub

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला लिन इरानले सयौँ ड्रोन प्रहार गरेको छ । इरानले इजरायलतर्फ एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ड्रोन प्रहार गरेको हो ।

इरानले प्रहार गरेको ड्रोनको जवाफ दिन इजरायली वायुसेनाले लडाकु विमान तयारी अवस्थामा राखेको छ । यसअघि इजरायलले इरानमा गरेको हवाइ आक्रमणका क्रममा वरिष्ठ इरानी सैन्य अधिकारी तथा आणविक वैज्ञानिक मारिएका थिए ।

इजरायलले यस कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको थियो । यसको जवाफमा इरानले ‘अपरेशन ट्रु प्रोमिस’ नामक ड्रोन आक्रमण गरेको जनाइएको छ ।

यो पनि-

इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण

इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै

इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी

इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ०७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट