रास्वपा सांसदले राज्यकै निकायको मिलेमतोमा नागरिक बेचिए भनेपछि सांसदहरूबीच भनाभन « Khabarhub

रास्वपा सांसदले राज्यकै निकायको मिलेमतोमा नागरिक बेचिए भनेपछि सांसदहरूबीच भनाभन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ ।  

सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।

बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलेमतोमा नेपाल नागरिकहरू बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको धारणा राखे । उनले संसदीय समितिमा मानव तस्करी विरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरीह बनेर बस्ने गरेको टिप्पणी गरेका थिए । 

सांसद पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरूले आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताएका थिए । उनले विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे ।  

विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए । सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानव तस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भएका थिए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।

पुन विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे । 

त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाउनुभएको थियो । त्यसपछि फेरी विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरेका थिए ।

अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहोर्‍याएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ३७ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित